रुपन्देही,बुटवल
चर्चित गायक स्वर्गीय अरुण थापाको स्मृतीमा विहिबार बुटवलमा ‘अरुण स्मृती साँझ’को आयोजना हुने भएको छ ।

ऋतुहरुमा तिमी, चोट के हो व्यथा के हो, जति माया लाएपनि, भुलु-भुलु लाग्यो मलाई लगायतका गीतका गायक थापाको २३ औं स्मृती दिवसका अवसरमा नेपाल मगर विद्यार्थी संघले कार्यक्रमको आयोजना गर्ने लागेको हो। नेपाल मगर विद्यार्थी संघ रुपन्देहीको सहआयोजना तथा नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिको समन्वयमा आयोजित कार्यक्रममा श्रष्टाहरुलाई सम्मेन गरिने जनाइएको छ । गीत संगितको माध्यमबाट नेपाललाई विश्वमाझ चिनाएका गायककार अरुण थापाको सम्झनामा नेपाल मगर विद्यार्थी संघले प्रत्येक वर्ष अरुण स्मृती साँझ गर्दै आएको मगर विद्यार्थी संघका अध्यक्ष विष्णुकुमार थापा मगरले बताउनुभयो।
अध्यक्ष थापाका अनुसार स्वर्गीय गाउक थापाको सम्झनामा १७ जना स्रष्टालाई सम्मान गरिएको छ । यो पटक कास्कीकी नन्दा राना पुनलाई सम्मान गरिने छ । विद्यार्थी कालदेखि सांगितिक क्षेत्रमा लागेका अरुणको २०५६ साउन ५ गते ४७ वर्षको उमेरमा निधन भएको थियो । उनको सम्झनामा नेपाल मगर विद्यार्थी संघले २०६२ सालदेखि सांगितिक क्षेत्रमा योगदान पुर्याएका स्रष्टालाई सम्मान गर्दै आएको छ । बुटवलमा आयोजना गरिएको अरुण स्मृति कार्यक्रममा दिउँसो स्रष्टा सम्मान कार्यक्रम गरिने छ भने साँझ अरुण स्मृती साँझ सञ्चालन गरिने छ । कार्यक्रममा चर्चित तथा अग्रज कलाकारहरुको प्रस्तुती रहने छ । यो कार्यक्रममा सहभागि हुनको लागि टिकटको व्यवस्था मिलाईएको छ । विद्यार्थीका लागि ५ सय रुपैयाँ, साधारणतर्फ एकलका लागि १ हजार तथा पारिवारिक जोडीका लागि १ हजार ५ सय टिकट दर कायम गरिएको छ । कार्यक्रममा बोल्दै नेपाल मगर संघ केन्द्रीय समितिका सहअध्यक्ष दलबहादुर विरकट्टाले चेतनामा पछाडि रहेका र विभेदमा परेका जनतालाई चेतना दिने कलाकारलाई राज्यले सम्मान गर्न नसकेको बताउनुभयो । उहाले आफ्नो देशलाई विश्वसामु चिनाउने कलाकारलाई सम्मान गर्ने परम्परा स्थापित गर्न समेत सरकारलाई आग्रह गर्नुभएको थियो।



