देवघाटका भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा दिन्छौं,अध्यक्ष:थापा

images
  • 811
    SHARES
  • श्रावण ४, २०७९ बुधबार
    देवघाटका भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा दिन्छौं,अध्यक्ष:थापा
    images

    देवघाट तनहुँ : साउन ४ गते

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित चक्रवर्ती सामुदायिक भवन आज देवघाट गाउँपालिकाको आयोजनामा भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी सम्बन्धि बृहत छलफल कार्यक्रम सम्पन्न भएको छ ।

    oooooooooooooooooooo.jpg

    कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले कार्यक्रमलाई सम्बोधन गर्दै देवघाट गाउँपालिकाको ५ वटा वडाहरुमा निस्सा वितरण कार्य सम्पन्न भएको बताउदै जग्गा नापी प्रक्रियालाई तुरुन्त अगाडी बढाई हात-हात लालपुर्जा वितरण गर्ने बताउनुभयो।साथै अध्यक्ष थापाले २९ साल देखी नै भुमि समस्य झेल्दै आएको र पटकपटक प्रयास गर्दा पनि सफल हुन नसकेको समेत बताउनु भयो।

    yuhn.jpg

    उहाँले नापी कार्य सुचारु गर्दा पर्याप्त जनशक्ति नभए करार कर्मचारी राखेर भए पनि कामलाई छिटो अगाडी बढाउने बताउनुभयो।यस लालपुर्जा दिने कार्य पूरा गर्नको लागि जनप्रतिनिधिहरूले मात्रै सहयोग गरेर पुग्दैन राजनैतिक दलहरू र बौद्धिक बर्गका ब्यक्तिहरुको पनि एक आपसमा सहयोग गर्नुपर्ने अध्यक्ष थापाले बताउनुभयो। सोहि कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले देवघाट गाउँपालिकाको मुख्य समस्या रहेको भुमि भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई आफु निर्वाचित भएर आइसकेपछि यस समस्यालाई अन्त्य गर्नको लागि कार्यपालिकाको पहिलो बैठकले निर्णय गरेर समस्या समाधानका निम्ति काम अघि बढाएको बताउनुभयो ।साथै उपाध्यक्ष गुरुङले जनसमुदायहरुको मनोभावनालाई बुझेर शासक होइन स्वयंसेवक बनेर काम गर्ने बताउनुभयो। कार्यक्रम नापी टोली प्रमुख राजिव श्रेष्ठले नापीको लागि फोटो डिजाइन आइसकेपछि सोही व्यक्तिहरूको निवेदन अनुसार प्रत्येक घर/जग्गामा पुगी प्रक्रिया अनुसार जग्गा नाप्ने बताउनुभयो ।

    vgty.jpg

    उहाँले देवघाट गाउँपालिकाभित्रमा झन्डै २५ सय निवेदन परेको जानकारी प्राप्त भएको बताउदैँ वडा नम्बर ५ मा मात्रै ६०% भन्दा वढी र अन्य वडाहरुमा १५ सय भन्दा बढी निवेदन प्राप्त भएको बताउनुभयो। साथै ५ नम्बर वडाभित्रका निवेदन दिनेहरुको लगभग एक महिनाभित्र नापी गर्ने सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य रहेकोे बताउनुभयो।नापनक्सा गर्ने क्रममा विभिन्न समस्याहरू आउन सक्छन ति समस्याहरूलाई त्यही बसेर समाधान गर्ने बताउदैँ नापी कार्यलाई सहज बनाउन सबैले आ-आफ्नो स्थान बाट समन्वय गर्न सम्पूर्ण अनुरोध समेत गर्नुभयो ।

    yyyyyyyyyyyyyyyyy.jpg

    कार्यक्रममा देवघाट ५ नम्बर वडा अध्यक्ष पुर्ण बहादुर कुवँर,५ नम्बर वडा सदस्यहरु याम बहादुर मगर,बुद्धि बहादुर पाण्डे,कमला गुरुङ,सरस्वती परियार,नापी टोलि प्रमुख राजिव श्रेष्ठले,राष्ट्रिय भुमि आयोग देवघाट गाउँपालिका स्तरीय सहजीकरण समिति सदस्य अर्जुन अधिकारी, नेपाली काङ्ग्रेसका देवघाट उप सभापति पुरुषौतम पण्डित,नेकपा एमाले देवघाट अध्यक्ष केशवचन्द्र न्यौपाने,राप्रपा देवघाट अध्यक्ष दिवाकर मिश्र,नेकपा माओवादी केन्द्रका जयकृष्ण सुवेदी,जसपा देवघाटका सुकलाल थापा,देवघाट गाउँपालिका कार्यक्रम शाखा अधिकृत कृष्णराज पन्त ५ नम्बर वडाका पुर्व वडा अध्यक्ष याल बहादुर गुरुङ,४नम्बर वडाका पुर्व वडा अध्यक्ष पदम बहादुर गुरुङ,नेपाली काङ्ग्रेस देवघाटका पुर्व सभापति बाबुराम पौडेल,नेपाली काङ्ग्रेस ५ नम्बर वडा सभापति सोमनाथ ढकाल,समाजसेवी युवा सुकु गुरुङ,अमर फेवाली,बल बहादुर क्षेत्री,होम बहादुर भाराती दुर्गालाल गुरुङ,रामहरि पुडासैनी लगायतको उपस्थितिमा रहेको थियो।

    bbbbbbbbbbbbbbbbbbbbbbb.jpguuuuuuuuuuuuuuuuuuuu.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend