अमेरिका र इटाली भलिबल नेस्नल लिग (भीएनएल) को सेमिफाइनलमा प्रवेश

images
  • 132
    SHARES
  • श्रावण ५, २०७९ बिहीबार
    अमेरिका र इटाली भलिबल नेस्नल लिग (भीएनएल) को सेमिफाइनलमा प्रवेश
    images

    काठमाडौं

    अमेरिका र इटाली भलिबल नेस्नल लिग (भीएनएल) को सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको क्वाटरफाइनलमा अमेरिकाले ब्राजिल तथा इटालीले नेदरल्यान्डलाई समान ३-१ को सेटमा पराजित गर्‍याे ।

    Volleyball-match_20220627170509.jpg

     

    पहिलो क्वाटरफाइनल खेलमा अमेरिकाले २०-२५, २५-२२, २५-२३, २५-१७ को जित निकाल्यो । यता, इटालीले २१-२५, २५-२२, २५-१३, २५-२२ को जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । 

    अब, अमेरिकाले फाइनल प्रवेशका लागि पोल्यान्ड र इरानसँगकाे विजेतासँग खेल्नेछ । यस्तै, इटालीले फ्रान्स र जापानको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend