भेब्स ग्लोबलले 'इनरुट अष्ट्रेलिया' हाईयर एजुकेशन एडमिसन डे सञ्चालन गर्ने

images
  • 132
    SHARES
  • श्रावण ५, २०७९ बिहीबार
    भेब्स ग्लोबलले 'इनरुट अष्ट्रेलिया' हाईयर एजुकेशन एडमिसन डे सञ्चालन गर्ने
    images

    चितवन 

    विगत १२ बर्ष देखि काठमान्डौमा रहेर उच्च शिक्षाको लागि उचित परामर्श दिदै आएको भेब्स् ग्लोबलले 'इनरुट अष्ट्रेलिया' नाम दिएर एडमिसन डे सञ्चालन गर्ने भएको छ । यही साउन १० गते मंगलबार भेब्स  ग्लोबलले कार्यक्रम गर्ने भएको हो । कार्यक्रम भेब्स ग्लोबलको अफिस, लालचन प्लाजा, हात्तीसार, काठमाडौमा हुने भएको हो । 

    88104897-D2E4-4245-B803-04D30C355856_20220721120131.jpeg

     

    कार्यक्रममा ११ जना अष्ट्रेलियन युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुले उच्च शिक्षा सम्बन्धी परामर्श सेवा दिने ग्लोबलका हेड अफ एडमिसन करुण घर्ती क्षेत्रीले जानकारी दिए । एडमिसन डेमा अष्ट्रेलिया उच्च शिक्षाको लागि पढ्न जाने विद्यार्थीहरुले निशुल्क परामर्श  र  अवलोकन गर्ने  पनि उनले बताए । 

    उच्च शिक्षा हासिल गर्नको लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुको लागि यो एउटा अवसर हुने क्षेत्रीले बताए । हाम्रो कार्यक्रममा विद्यार्थीहरुले युनिभर्सिटीका प्रतिनिधिहरुसँग प्रत्यक्ष कुराकानी गर्न पाउनेछन् । उनले भने , अष्ट्रेलियामा पढाई हुने कोर्स, लाग्ने खर्च , छात्रवृत्ति र अन्य कुराहरुको बारेमा विद्यार्थीहरुले जानकारी पाउन सक्नेछन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend