चार वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

images
  • 170
    SHARES
  • श्रावण ५, २०७९ बिहीबार
    चार वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ
    images

    रुपन्देही 

    चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीको सैनामैना नगरपालिका-२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेम प्रसाद भुसाल पक्राउ परेका छन् । 

    rape.jpg

     

    भुसाललाई गएराति संगमचोकबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।  भुसालले  ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend