महाकाली करिडोर : १२ वर्षमा ३० किलोमिटर सडक मात्रै कालोपत्रे

images
  • 172
    SHARES
  • श्रावण ५, २०७९ बिहीबार
    महाकाली करिडोर : १२ वर्षमा ३० किलोमिटर सडक मात्रै कालोपत्रे
    images

    काठमाण्डाै 

    नेपाल, भारत र चीनसँगको त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगति निक्कै न्यून देखिएको छ ।

    mahakali_coridor_DDhRLgrgMp.jpg

    २०६६ सालदेखि सुरु भएको निर्माणको काम १२ वर्ष बितिसक्दा ३० किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेलधुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक खुलाउने योजनाअन्तर्गत ४ सय १३ किलोमिटर सडक निर्माण हुँदैछ ।

    महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका इन्जिनियर मिलन घतानीले करिडोर निर्माणअन्तर्गत सबैतिर ट्र्याक खोल्ने काम भइरहेको बताउनुभयो । तर पूरै आयोजनामध्ये दार्चुलाका विभिन्न ठाउँमा गरेर अहिलेसम्म ३० किलोमिटर सडक कालोपत्रे भएको छ ।

    इन्जिनियर घतानीका अनुसार ब्रह्मदेव क्षेत्रमा काम सुरु हुन सकेको छैन । कञ्चनपुरको ब्रह्मदेवदेखि उत्तर डडेलधुराकाे जोगबुढा क्षेत्रसम्म १५ किलोमिटर ट्र्याक खोल्न गएको वर्ष नै असारमा ५ करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता भए पनि काम भने हुन सकेन ।

    यो क्षेत्रको ट्र्याक खोल्ने काम दिवा–शनिदेव जेभीले पाएको भए पनि रुख कटानको विषय आयोजनाले टुङ्गो लगाउन नसक्दा काम गर्न नसकेको निर्माण व्यवसायीले को छ । वन नभएको खाली क्षेत्रमा निर्माणको अलिअलि काम भएको भने रुख कटानको विषय वन मन्त्रालयमा छ । करिडोरअन्तर्गत कञ्चनपुर क्षेत्रमा मात्रै १ हजार ९ सय ५१ रुख कटान गर्नुपर्नेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend