काठमाण्डौसँगको मुख्य नाका नागढुङ्गा–नाैबिसे सडक खण्ड दुईतर्फी नै खुल्यो

images
  • 176
    SHARES
  • श्रावण ५, २०७९ बिहीबार
    काठमाण्डौसँगको मुख्य नाका नागढुङ्गा–नाैबिसे सडक खण्ड दुईतर्फी नै खुल्यो
    images

    काठमाण्डाै

    काठमाण्डौसँगको मुख्य नाका नागढुङ्गा–नाैबिसे सडक खण्ड दुईतर्फी नै खुलेको छ ।

    nagdhunga-naubise_road_copy_2TAdUmiQFY.jpg

    बिहान पात्लेवनमा ठूलो ढुङ्गा खस्दा एक लेनमा मात्रै गाडी चलाइएको थियाे । सडकबाट ढुङ्गा हटाएपछि अहिले सडक दुईतर्फी नै खुलेको प्रहरीले जनाएको छ ।  

    यो सडक खण्ड भएर दैनिक हजारौँ गाडी चल्ने भएकाले सडकमा सामान्य असर पर्दा पनि लामो जाम हुने गरेको छ ।

    नागढुङ्गा–नौबिसे सडक खण्ड खुले पनि नुवाकोटको तीनपिप्ले–पाँचमाने सडक खण्ड भने बन्द नै छ । यो सडक खण्डमा पनि बिहान ढुङ्गा खसेपछि अवरुद्ध भएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend