संसदीय छानबिन समितिको समयसीमा थपिँदै

images
  • 158
    SHARES
  • श्रावण ५, २०७९ बिहीबार
    संसदीय छानबिन समितिको समयसीमा थपिँदै
    images

    काठमाडौं 

    बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको भनिएको विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले तोकिएको अवधिभित्र काम पूरा गर्न नसकेपछि म्याद थपको प्रक्रिया अघि बढाइएको छ ।

    tt.jpg

     

    सम्भवत आज बस्ने संसदको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले समितिलाई थप समय उपलब्ध गराउने छन् । यसअघि २२ असारमा समिति गठन गरी काम सुरु गरेको मितिले १० दिनको समय उपलब्ध गराइएको थियो । तर तोकिएको समयमा काम पूरा नभएकाले थप समय माग गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । ‘हामीले आवश्यक पर्ने समय थप गरिदिन भनेर माग गरेका छौं, थप हुन्छ कि हुँदैन थाहा छैन,’ उनले भने ।

     

    उनले सीसीटीभी फुटेज रिकभर गर्न प्रहरीमा पठाइसकेको र त्यसको रिपोर्ट कहिले आउँछ भन्ने टुंगो नभएको पनि बताए । छानबिनको क्रममा समितिले निवर्तमान अर्थमन्त्री शर्मासँग बिहीबार करिब ३ घण्टासम्म सोधपुछ गरेको छ । शर्माले ‘आफूलाई लागेको कुरा र भोगेको कुरा’ बताएको अर्यालले बताए । तर शर्माले ठ्याक्कै के भने भन्ने कुरा अर्यालले खुलाएनन् ।

     

    यद्यपि समितिका अन्य सदस्यहरुका अनुसार शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको भन्ने आरोपको खण्डन गरेका थिए । ‘उहाँले अर्थ मन्त्रालयका सम्बन्धित अधिकारी बाहेक बजेट निर्माणमा अन्यको संलग्नता भएको भन्ने आरोप अस्वीकार गर्नु भएको छ,’ समितिका एक सदस्यले अनलाइनखबरसँग भने, ‘स्थापित मूल्य, मान्यता, विधि, पद्दती र प्रक्रियामै बजेट निर्माण गरिएको भन्ने कुरा दोहो¥याउनु भएको छ ।’

    निवर्तमान मन्त्री शर्माले सीसीटीभी फुटेज कति समयसम्म रहन्छ भन्ने प्राविधिक कुराको जानकारी आफूलाई नभएको बताए । यसअघि सीसीटीभी फुटेज माग गर्दा अर्थ मन्त्रालयका अधिकारीहरुले १३ दिनभन्दा बढी समयको व्याकअप नहुने भन्दै जेठ १४ गतेको फुटेज डिलिट भएको जवाफ दिएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend