काठमाडौँ
एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल प्रदेश १ को अधिवेशन २४ र २५ भदौमा धरानमा हुने भएको छ ।

महासंघको बुधबार बसेको बैठकले प्रदेशको प्रथम अधिवेशनका लागि केन्द्रीय उपाध्यक्ष एवं प्रदेश १ का इन्चार्ज पिके राईको संयोजकत्वमा ३०१ सदस्यीय आयोजक कमिटी गठन गरेको छ । आयोजक कमिटीको सह-संयोजक टिकाराम चेम्जोङ र सचिव देवराज राई छन् ।



