कोरोना अपडेट : थप ४३५ जनामा संक्रमण पुष्टि, ५६ जना संक्रमणमुक्त

images
  • 146
    SHARES
  • श्रावण ५, २०७९ बिहीबार
    कोरोना अपडेट : थप ४३५ जनामा संक्रमण पुष्टि, ५६ जना संक्रमणमुक्त
    images

    काठमाडौं 

    पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    tyghn.jpg

     

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५६९ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

     

    मन्त्रालयका अनुसार १ हजार ६६७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय १७ जना र १ हजार ९०२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार ९७६ पुगेको छ ।

     

    योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या २५ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा २ हजार ५३७ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ५६ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६८ हजार २२८ पुगेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend