कृषिमन्त्री यादव र भारतीय राजदूत श्रीवास्तवबीच भेट

images
  • 196
    SHARES
  • श्रावण ५, २०७९ बिहीबार
    कृषिमन्त्री यादव र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    images

    काठमाडौं 

    कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । 

    hhhhj.jpg

     

    मन्त्रालयमा बिहीबार भएको भेटमा सरकारी तवरबाट रासायनिक मलको आपूर्ति, नश्ल सुधारका लागि भारतबाट मुर्रा जातको भैँसी आयात र उखु तथा कफीको नयाँ जातको आयात तथा मानव संशाधन विकासका लागि अध्ययन गर्नेलगायत विविध विषयमा छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend