अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

images
  • 130
    SHARES
  • श्रावण ५, २०७९ बिहीबार
    अवरुद्ध कर्णाली राजमार्ग खुल्यो
    images

    कालिकोट 

     कालिकोटको पिलीमा पहिरो जाँदा अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । पहिरो पन्छाएसँगै राजमार्ग खुलेको प्रदेश प्रहरी कार्यालयका सुचान अधिकारी एवं प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले रातोपाटीलाई जानकारी दिए । 

    ghu.jpg

     

    बिहीबार विहान खडाचक्र नगरपालिका–७ पिलिस्थित कर्णाली राजमार्गमा सडक माथिबाट पहिरो आएर राजमार्ग अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएसँगै सुर्खेत–जुम्ला जाने सवारी साधनहरु अलपत्र परेका थिए ।  पाण्डेका अनुसार स्थानीय निकायसँग समन्वय गरेर पहिरो पन्छाइएको हो । अहिले सवारी साधनहरु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्  । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend