पृथ्वी राजमार्गमा बस र विङ्गनर ठोक्किँदा १६जना घाइते

images
  • 128
    SHARES
  • श्रावण ५, २०७९ बिहीबार
    पृथ्वी राजमार्गमा बस र विङ्गनर ठोक्किँदा १६जना घाइते
    images

    काठमाडौं 

     पृथ्वी राजमार्गअन्तर्गत चुम्लिङटारमा बस र विङ्गनर (माइक्रो) गाडी एक आपसमा ठक्कर खाँदा १६ जना घाइते भएका छन् । काठमाडौंबाट बझाङ जाँदै गरेको ना६ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको लु२ख ३५०२ नम्बरको विङ्गनर गाडी इच्छाकामना गाउँपालिका–३ मा एक आपसमा ठोक्किएको हो ।

    hrt.png

     

    दुबै सवारी साधनमा सवार यात्रुहरूको उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता नरहरि अधिकारीका अनुसार बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने विङ्गनरका चालक घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको अधिकारीले जानकारी दिए ।  घटना आज साँझ ५ः२० वजे भएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend