दन्तरोग विशेषज्ञ डा सरु थापा अन्तर्राष्ट्रिय अवार्डको लागि प्रतिस्पर्धामा, भोट गरिदिन आग्रह,,,,

images
  • 145
    SHARES
  • श्रावण ५, २०७९ बिहीबार
    दन्तरोग विशेषज्ञ डा सरु थापा अन्तर्राष्ट्रिय अवार्डको लागि प्रतिस्पर्धामा, भोट गरिदिन आग्रह,,,,
    images

    चितवन, ५ साउन 

    दन्तरोग विशेषज्ञ डा सरु थापा अन्तर्राष्ट्रिय अवार्डको लागि प्रतिस्पर्धामा छनोट हुनु भएको छ ।

    orty.jpg

    चितवनमा बसेर बिगत १६ वर्षदेखि बिरामीको सेवा गर्दै आउनु भएकी डा. थापा सामाजिक सेवामा योगदान पु¥याए बापत सो प्रतिस्पर्धामा छनोट हुनु भएको हो । उहाँ अहिले विश्वभरका दन्तरोग विशेषज्ञहरुमध्येबाट ‘इन्टरनेशनल अवार्ड अफ एक्सिलेन्ट’ का लागि नोमिनेट हुनु भएको छ । जुलाई २५ सम्म विश्वभरबाट प्राप्त गरेको मतको आधारमा विजयी घोषणा गरिने छ । नारायणगढको कमलनगरमा रहेको साइराम डेन्टलका कार्यकारी निर्देशकसमेत रहनु भएकी डा थापा नेपालका विभिन्न दुर्गम गाउँहरुमा पुगेर गरिब र दुःखी बिरामीहरुको निःशुल्क दाँतको उपचारमा रमाउने गर्नुहुन्छ । “हामी हाम्रा सबै सहकर्मी, साथीभाइ र आफन्तहरूलाई यो जानकारी गराउन पाउँदा खुसी छौं कि म इन्टरनेशनल अवार्ड अफ एक्सेलेन्ट इन डेन्टिस्ट्रीद्वारा आयोजित बेस्ट डेन्टल च्यारिटी अवार्ड–२०२२ को लागि मनोनित भएको छु, जुन एक मात्र ऐतिहासिक अन्तर्राष्ट्रिय अवार्ड हो ।” उक्त अवार्डलाई दन्तचिकित्साको अन्तर्राष्ट्रिय ओस्कर भन्ने गरिन्छ । उहाँले सबै शुभेच्छुकहरुलाई भोट गरिदिन आग्रह समेत गर्नुभएको छ । उहाँले भन्नुभयो “मलाई यो अवार्ड जित्नका लागि भोट गरिदिनुहुन हाम्रा सबै सहकर्मी, साथीभाइ र आफन्तजनमा विनम्र अनुरोध गर्दछु ।” यो अवार्ड जित्नु नेपाली दन्तचिकित्साका लागि गौरवको क्षण हुने उहाँको भनाई छ । डा. सरुवा थापाका लागि भोटिङ गर्न तलको लिङ्कमा जानुहोस् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend