पोखरामा एटिएम मेसिन फोरेर १५ लाख चोरी

images
  • 181
    SHARES
  • श्रावण ५, २०७९ बिहीबार
    पोखरामा एटिएम मेसिन फोरेर १५ लाख चोरी
    images

    पोखरा 

    पोखरामा एनएमबी बैंकको एटिएम मेसिन फोरेर १५ लाख रुपैयाँ चोरी भएको छ। बुधबार राति पोखरा महानगरपालिका–२६ अर्घौचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर १५ लाख रुपैयाँ चोरी भएको प्रहरीले जानकारी दिएको छ।

    frqas.jpg

     

    घटनामा अहिलेसम्म कोही पनि पक्राउ परेको छैन। प्रहरीका अनुसार चोरले मेसिन फोरेर नगद लिएपछि पैसा राखिएको बाकस भने अर्घौंचोकस्थित विचारी चौतारीमा फालेको थियो।

     

    यसअघि गत असार ३१ गते राति पनि पोखरा–९ न्यूरोडस्थित महानगरपालिका कार्यालय अगाडि रहेको एनआइसी एशिया बैंकको एटिएम मेसिन फोर्ने एक जनालाई प्रहरीले घटनाको दुई दिनपछि पक्राउ गरेको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend