चितवन, साउन ६
चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज अगाडि मान्छेको टाउको भेटिएको छ ।

आज (शुक्रबार) विहान मेडिकल कलेज अगाडि मान्छेको टाउको भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।टाउकोको प्रकृति हेर्दा फोरेन्सिक (पोष्टमाटम) का लागि प्रयोग भएको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार मान्छेको टाउको कुकुरले सडक छेउसम्म ल्याएको हुनसक्ने अनुमान गरिएको छ । सो बरे थप अनुसन्धन भइरहेको छ भने टाउको भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले टाउको पुरुष व्यक्तिको भएको बताउनुभयो ।
पुरानो मेडिकल कलेजले मान्छेको मृत शरिरको परीक्षण अध्ययन गर्दै आइरहेको छ । पुरानो मेडिकल कलेजको लापरवाहीका कारण नै मान्छेको टाउको सडकमा ल्याइपुर्याएको आरोप लागेको छ । अस्पतालका डा. राजेश यादवले फोरेन्सिकका डाक्टरहरुसंग यसबारे थप सोधपुछ भइरहेको बताउनुभयो ।



