चितवनमा दोश्रो कोभिड–१९ फुटसल प्रतियोगिता सुरु

images
  • 136
    SHARES
  • श्रावण ६, २०७९ शुक्रबार
    चितवनमा दोश्रो कोभिड–१९ फुटसल प्रतियोगिता सुरु
    images
     

    चितवन

    कोभिड १९ गु्रपको आयोजनामा दोश्रो कोभिड १९ खुल्ला नक आउट फुटसल प्रतियोगिता सुरु भएको छ ।

    gggggg.jpg

    आज र भोलि (शुक्रबार र शनिबार) दुईदिन सम्म चल्ने दोश्रो कोभिड १९ खुल्ला नक आउट फुटसल प्रतियोगितामा ३६ वटा टिमले भाग लिएको ग्रुपका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।
    अध्यक्ष गुरुङका अनुसार आज १८ वटा टिमले प्रतिस्पर्धा गर्ने छन् भने हरेक प्रतियोगिता २० मिनेटको रहको छ । प्रतियोगितामा विजयी हुने टिमले ३३ हजार ३३३ र उपविजेताले १७ हजार ७७७ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
    भरतपुर महानगरपालिका वडा नं. ७ का वडाअध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि राजेन्द्रमणि काफ्लेले खेलको उद्घाटन गरेका हुन् ।
    कार्यक्रममा चितवन जिल्ला फुटबल संघका अध्यक्ष कृष्ण कार्की, चितवन भेन्ट्रान फुटबल क्लबका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठ, कान्तिपुर टोल विकास संस्थाका अध्यक्ष केशव कार्की, पूर्व पिफा रेफ्री वीरेन्द्रबहादुर पाण्डे, तमु प्ये ल्हु संघ चितवन महिला अध्यक्ष इन्द्रकुमारी तमूस्योलगायतको उपस्थिति थियो ।
    प्रतियोगिताको मुख्य प्रायोजक निप्पो एण्ड भिक्टो कन्सल्टेन्सी र सहप्रायोजक म्यूजिसी रहेको छ । कोभिड १९ गु्रपले गत साल पनि फुटसल प्रतियोगिता गरेको थियो । उक्त फुटसल प्रतियोगिताको भोलि शनिबार समापन हुँदैछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend