नागरिकता विधेयक राष्ट्रिय सहमतिमा पारित गर्नुपर्छ : झलनाथ खनाल

images
  • 299
    SHARES
  • श्रावण ६, २०७९ शुक्रबार
    नागरिकता विधेयक राष्ट्रिय सहमतिमा पारित गर्नुपर्छ : झलनाथ खनाल
    images
    काठमाण्डाै 
    नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नागरिकतासम्बन्धी विधेयक राष्ट्रिय सहमति गरेर पारित गर्नुपर्ने बताउनुभएको छ ।

    lllllllll.jpg

    आज शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता खनालले सरकारले ल्याएको विधेयकमा केही गम्भीर प्रश्नहरू रहेको भन्दै राष्ट्रिय सहमति हुनु अत्यावश्यक रहेको बताउनुभयो । ऐन बनाउँदा कुनै कमजोरी हुन नहुने पनि उहाँले बताउनुभयो । नागरिकतासम्बन्धी विधेयकमा प्रतिपक्ष दलको असहमति रहेको भन्दै विवादको बीचमा पारित हुने खतरा रहेको उहाँकाे भनाइ छ । 

    उहाँले भन्नुभयो, ‘नागरिकताको सम्बन्धमा हामीले ऐन बनाउँदा कुनै पनि ढङ्गले लुज काम गर्नु हुँदैन । यो कुरालाई ध्यानमा राखेर नेपालका राजनीतिज्ञ, नेपालका पार्टीहरूले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ । याे नागरिकता विधेयकमा केही गम्भीर प्रश्नहरू छन् । यस्ता कुरामा राष्ट्रिय सहमति हुनु अत्यावश्यक छ ।’

    पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले याे विधेयक पारित भएमा देशमा दुई खालको जनमत बन्ने खतरा रहेको औँल्याउनुभयो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend