गैरआवासीय नेपालीलाई पूर्ण अधिकारसहितकाे नागरिकता दिनुपर्छ : भट्टराई

images
  • 162
    SHARES
  • श्रावण ६, २०७९ शुक्रबार
    गैरआवासीय नेपालीलाई पूर्ण अधिकारसहितकाे नागरिकता दिनुपर्छ : भट्टराई
    images

    काठमाण्डाै 

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैरआवासीय नेपाली (एनआरएन) लाई पूर्ण अधिकारसहितको नागरिकता दिने पक्षमा आफू रहेको बताउनुभएकाे छ । आज शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले यस्ताे बताउनुभएकाे हाे ।  

    rtyb.jpg

    नेता भट्टराईले आमाको नामबाट नागरिकता दिने विषयमा सर्तहरू तेर्साइनु गलत भएको बताउनुभयो । आमाको नाममा निःशर्त नागरिकता दिनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘जन्मसिद्धका सन्तानले वंशीय नागरिकता पाउने कुरा त आएको छ । एनआरएनलाई पनि पूर्ण अधिकारसहितकाे नागरिकता दिनुपर्छ भन्ने मेराे मान्यता छ । तैपनि राजनीतिकबाहेकका अन्य अधिकारसहितका नागरिकता दिने कुरा छ, त्यो पनि सकारात्मक छ ।’

    भट्टराईले वैवाहिक अङ्गीकृतकाे कुरा पनि समानतामा आधारित नभएकाे भन्दै लैङ्गिक पहिचानसहितमा भएकाे त्रुटि सच्याएर नागरिकता विधेयक पारित गर्नु राम्रो हुने धारणा राख्नुभयाे । नागरिकतासम्बन्धी विधेयक अपूर्ण रहेको उहाँकाे टिप्पणी छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend