भरतपुर महानगरसहित चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय

images
  • 147
    SHARES
  • चैत्र २१, २०७८ सोमबार
    भरतपुर महानगरसहित चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय
    images

    चितवन । बैशाख ३० गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनमा रहेका चितवनका क्रियाशिल राजनैतिक दहरुले जिल्लाका सातवटै स्थानिय तह र जिल्ला समन्य समितिमा चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ । आज बसेको जिल्ला स्तरीय संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । 

    Capture_20220404115654.png

    कांग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गरी जाने निर्णय गरिएको बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । यस्तै बैठकले सातवटै पालिकामा गढबन्धनका दलहरुबिच बैठक बसी संयुक्त संयन्त्र निर्माण गरी छलफल प्रक्रिया अगाडी बढाउने,आपसमा सम्ममान र हार्दिकताको विकास गर्दै चुनावमा सहभागि हुने र दलगत बस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १ /१ जना रहने गरी कार्यदल गढन गर्ने निर्णय गरेको छ ।

    बैठक पछि जारी गरिएको विज्ञप्तीमा नेकपा माओवादि केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकिकृत समाजवादीका ईन्चार्ज कृष्ण खनाल, जसपाका अध्यक्ष प्रेम भुजेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष डम्वर पुरीले हस्ताक्षर गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend