प्रचण्ड : आगामी निर्वाचनबाट देशको नेतृत्व माओवादीले लिन्छ

images
  • 232
    SHARES
  • श्रावण ६, २०७९ शुक्रबार
    प्रचण्ड  : आगामी निर्वाचनबाट देशको नेतृत्व माओवादीले लिन्छ
    images

    काठमाडौं 

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट देशको नेतृत्व आफ्नो पार्टीले गर्ने दावी गरेका छन् ।

    uhgdxb.jpg

     

    शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले आगामी संघ र प्रदेशको निर्वाचनबाट माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने दावी गरे ।

     

    ‘यो देशमा माओवादी पुनःस्थापित भएन भने, माओवादी पार्टी बलियो भएन भने संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन । आउने निर्वाचनमा अब माओवादी पार्टीलाई देशको बागडोर फेरि एकपटक आफ्नो हातमा लिन कसैले रोक्ने छैन’ प्रचण्डले भने ।

     

    प्रचण्डले नेकपा माओवादी पार्टीकै जोडबलमासंघीय संसदबाट नागरिकतासम्बन्धी विधेयक पारित हुन लागेको बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend