वैवाहिक अंगीकृतमा राजनीतिमा सहमति जुटेको छैन : गृहमन्त्री खाँण

images
  • 164
    SHARES
  • श्रावण ६, २०७९ शुक्रबार
    वैवाहिक अंगीकृतमा राजनीतिमा सहमति जुटेको छैन : गृहमन्त्री खाँण
    images

    काठमाडौँ

    गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक सहमति नजुटेका कारण नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अंगीकृतका विषयमा नयाँ व्यवस्था गर्न नसकेको प्रष्टीकरण दिएका छन्।

    rfa.jpg

     

    फास्ट ट्रयाकबाट नागरिकता विधेयक पारित गर्ने तयारी भइरहँदा शुक्रबार साँझ सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले अहिले विधेयक पास गर्नुको मुख्य उद्देश्य जन्मसिद्ध नागरिकको सन्तानलाई नागरिकता दिनु नै भएको बताए।

     

    उनले राज्य व्यवस्था समितिको प्रतिवेदनमा सबै दलको सहमति नजुटेका कारण ७ वर्षे प्रावधान अहिलेको विधेयकमा आउन नसकेको बताए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend