गैर आवासीय नेपाली नागरिकता जिल्लाबाटै पाउने व्यवस्था मिलाइन्छ : गृहमन्त्री

images
  • 199
    SHARES
  • श्रावण ६, २०७९ शुक्रबार
    गैर आवासीय नेपाली नागरिकता जिल्लाबाटै पाउने व्यवस्था मिलाइन्छ : गृहमन्त्री
    images

    काठमाडौँ 

    गृहमन्त्री बालकृष्ण खाँणले गैर आवासीय नेपालीका लागि आर्थिक सांस्कृतिक अधिकारका लागि प्रदान गरिने नागरिकता जिल्ला जिल्लाबाटै प्राप्त गर्ने सक्ने बताएका छन् । प्रतिनिधिसभामा शुक्रबार भएको नेपाल नागरिकता संशोधन विधेयकको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रावधान कार्यान्वयन नियमावली बनाइने उल्लेख गरे ।

    fgh.jpg

    यसअघि गैर आवासीय नेपालीका लागि गृह मन्त्रालयबाट मात्र नागरिकता लिन सकिने प्रावधान विधेयकमा राखिएको थियो । गृहमन्त्री खाँणका अनुसार गृहमन्त्रालयले तोकेको अधिकारीले नागरिकता जारी गर्न सक्ने उल्लेख छ । यससम्बन्धी विधेयक अहिले प्रतिनिधिसभाबाट पारित हुने क्रममा छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend