शहीद जातीय विषय होइन राष्ट्रिय आन्दोलनको विषय हो : केपी ओली

images
  • 255
    SHARES
  • श्रावण ७, २०७९ शनिबार
    शहीद जातीय विषय होइन राष्ट्रिय आन्दोलनको विषय हो : केपी ओली
    images

    काठमाडौं 

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शहीदलाई जातीयकरण गर्न नहुने बताएका छन् ।

    nhjkl.jpg

     

    पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जातका आधारमा नभई जो पहिले मारियो उसैलाई पहिलो शहीद मान्नु पर्ने बताएका हुन् ।

     

    ‘म इतिहासकारलाई अनुरोध गर्दछु । शहीद जातीय विषय होइन राष्ट्रिय आन्दोलनको विषय हो । जातीय शहीद नबनाउनू । जातको होइन राष्ट्रको सहिद हुन्छ’ उनले भने, ‘जो पहिलो मारियो उही पहिलो शहीद हो ।

     

    परिवर्तनका लागि बलिदान गर्दा जुनसुकै पार्टीमा भए पनि त्यसपछि राष्ट्रिय शहीद हुने उनको भनाइ छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend