नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शिक्षाबाट दीक्षित भएर नै नयाँ पार्टी खोले– माधव नेपाल

images
  • 347
    SHARES
  • श्रावण ७, २०७९ शनिबार
    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शिक्षाबाट दीक्षित भएर नै नयाँ पार्टी खोले– माधव नेपाल
    images

    काठमाडौं

    नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शिक्षाबाट दीक्षित भएर नै नयाँ पार्टी खोलेको बताएका छन् ।

    hgty.jpg

     

    पुष्पलालको ४४औं स्मृति दिवसको अवसरमा कीर्तिपुरको चम्पादेवीमा आयोजित श्रद्धाञ्जली सभामा उनले पुष्पलालको शिक्षाबाट दीक्षित भएर नेकपा समाजवादी पार्टी निर्माण गरेको बताएका हुन् । ‘पुष्पलालको शिक्षा र दिक्षाबाट दीक्षित भएका हामीले नेकपा समाजवादी पार्टी क्रान्तिकारी पार्टी निर्माण गरेका छौं । त्यसको छुटै अस्तित्व छ ।’ उनले भने। आफ्नो पार्टी अरु भन्दा फरक रुपमा प्रस्तुत भएर उभिएको दाबी अध्यक्ष नेपालको छ।

     
    आफूहरुले नेपालको इतिहासमा कीर्तिमान कायम गरेको पनि उनले बताए ।‘अहिले हाम्रो काँधमा अनेक चुनौतिहरु छन आत्तिनुपर्ने कुनै कारण छैन । नेपालको इतिहासका पानाहरु निर्माण गरेका छौं । हामीले इतिहासमा कीर्तिमान कायम गरेका छौं ।’ सम्बोधनका क्रममा नेता नेपालले भनेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend