ट्रयाक्टर दुर्घटनामा परी मृत्यु भएका परिवारलाई एक लाख

images
  • 235
    SHARES
  • श्रावण ७, २०७९ शनिबार
    ट्रयाक्टर दुर्घटनामा परी मृत्यु भएका परिवारलाई एक लाख
    images

    सङ्खुवासभा 

    सङ्खुवासभाको चैनपुर नगरपालिकाले ट्रयाक्टर दुर्घटनामा परी मृत्यु भएका मलामीका परिवारलाई जनही रु एक लाख रुपैयाँ दिने भएको छ । मलामी पुगेर फर्कंदै गरेको ट्रयाक्टर दुर्घटनामा परी मृत्यु भएका तीन जनाको परिवारलाई जनही रु एक लाख दिने निर्णय गरेको हो । नगरपालिकाको कार्यपालिका बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगरप्रमुख कृष्णकुमार तामाङले जानकारी दिए ।

    fgh.png

     

    गत असार २४ गते मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका –९ का ४६ वर्षीय केशव कार्की र ६६ वर्षीय खड्गबहादुर भण्डारीको मृत्यु भएको थियो भने ट्रयाक्टर दुर्घटनामा परेर ४२ जना मलामी घाइते भएका थिए । 

     

    यस्तै बैठकले घाइतेमध्ये तीन जनालाई उपचार खर्चसमेत उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख तामाङले बताए । गम्भीर घाइते चैनपुर–१० का दीपेश कटुवाल, चित्रबहादुर तामाङ र नरबहादुर कार्कीको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय भएको नगरप्रमुख तामाङले बताए । ४४ जना मलामी बोकेर फर्किँदै गरेको को २ त ३९६१ ट्रयाक्टर  खाँदबारी–लेगुवा सडक खण्डको दुम्कटामा दुर्घटनामा परेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend