अनमोल केसी अभिनित फिल्म ‘एक्स ९’ मा नीति शाह अनुबन्धित

images
  • 77
    SHARES
  • श्रावण ७, २०७९ शनिबार
    अनमोल केसी अभिनित फिल्म ‘एक्स ९’ मा नीति शाह अनुबन्धित
    images

    काठमाडौं

    अनमोल के.सी. अभिनित फिल्म ‘एक्स ९’ मा मोडल नीति शाह नायिकाको रूपमा अनुबन्धित भएकी छन् ।

    tyb.jpg

     

    मुकुन्द भट्टको निर्देशनमा फिल्म बन्न लागेको फिल्म ‘एक्स ९’ मा नीतिको जोडी अनमोलसँगै बाँधिने भएको छ । शुक्रबार फिल्मका निर्माता पनि आफैं रहेका भट्टसँग उनको यसबारे लिखित सहमति भएकाे हाे ।

     

    नीतिले उक्त फिल्मका लागि १० लाख रुपैयाँ पारिश्रमिक लिने भएकी छन् । फिल्ममा अनमोल र नीतिसँगै सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, अर्पण थापालगायतको पनि अभिनय रहनेछ ।

     

    फिल्मको छायांकन मंसिरपछि सुरु हुनेछ । फिल्मको पहिला क्यानडामा छायांकन गर्ने तयारी रहेको छ । क्यानडापछि फिल्मको यूरोप र नेपालमा छायांकन हुनेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend