ब्राजिलका डानी अल्भेस मेक्सिकन क्लबमा आवद्ध

images
  • 101
    SHARES
  • श्रावण ८, २०७९ आइतबार
    ब्राजिलका डानी अल्भेस मेक्सिकन क्लबमा आवद्ध
    images

    काठमाडौं  

    दोस्रो पटक बार्सिलोना छाडेका डिफेन्डर डानी अल्भेसले मेक्सिकन क्लब पुमास उनामसँग फ्री ट्रान्फरमा सम्झौता गरेका छन् । ३९ वर्षीय ब्राजेलीयन डिफेन्डर सन् २०२१ को नोभेम्बरमा बार्सिलोनासंग पुनः जोडिएका थिए । पाँच वर्षपछी उनी सिरी ए क्लब युभेन्ट्सबाट स्पेन आइपुगेका हुन् । 

    dani_alves_brazil1658627594_20220724095546.jpeg

     

    बार्सिलोनाबाट ४०८ खेल खेलेका अल्भेसले अन्तिम महिना क्लबसंग नयाँ सम्झौता नहुने पक्का भएको बताएका थिए । अल्भेसले सम्झौता गरेको पुमासले सन् २०११ देखि लिग उपाधी जित्न सकेको छैन । अन्तिम सिजनमात्रै क्लब ११औं स्थानमा थियो । 

    आठ वर्ष बार्सिलोना रहदा अल्भेसले छ ला लिगा र तीन च्याम्पियन्स लिगको उपाधी उचालेका छन् । उनले ब्राजिलको लागि भने १२५ क्याप जितेका छन् । यसै वर्ष एसियाली मुलुक कतारमा हुने फिफा विश्वकपमा ब्राजिल २३ टोलीभित्र रहन अल्भेस चाहन्छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend