भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरले खरिद गरेको घाँसका बिरुवा किसानलाई वितरण नगरि त्यसै फालिए

images
  • 212
    SHARES
  • श्रावण ८, २०७९ आइतबार
    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरले खरिद गरेको घाँसका बिरुवा किसानलाई वितरण नगरि त्यसै फालिए
    images

    मकवानपुर 

    असार अन्तिममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरले खरिद गरेको घाँसका बिरुवा किसानलाई वितरण नगरि त्यसै फालिएको छ ।

    berna_jbTHMu76er.jpg

    मकवानपुरगढी गाउँपालिकाका ८ वटै वडाका किसानका लागि भनेर खरिद गरेर लगिएको घाँसका बिरुवा कुहिने अवस्थामा पुगेका छन् ।

    मकवानपुरगढीको पशु शाखा प्रमुख सत्यनारायण शाहका अनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कुनै समन्वय नगरेको र बिरुवा किन ल्याएर फालियो भन्ने विषयमा आफूलाई जानकारी नभएको बताउनु भयो । तर मकवानपुरगढीका पशु शाखाका कर्मचारीलाई बुझाएर गएको भर्पाइ आफूसँग रहेको पशु सेवा विज्ञ केन्द्र मकवानपुरका योजना शाखाका अधिकृत देवराज पराजुलीले बताउनुभएको छ ।

    विज्ञ केन्द्रबाट आएको घाँसको बिरुवा समयमै किसानले नपाउँदा खेर गएको छ । लाखौँ रुपैयाँ खर्चिएर उत्पादन गरिएको घाँसको बिरुवा किसानलाई वितरण नगरि खेर फालिएकोमा किसानले चिन्ता व्यक्त गरेका छन् ।

    विभिन्न जातका घाँसका बिरुवा मकवानपुरका १० वटै पालिकाको किसानको हातमा वितरण गर्नुको सट्टा असार महिनाको अन्तिममा पालिकाका एक/एक ठाउँमा लगेर त्यसै छोडिएको स्थानीय किसानले गुनासो गरेका छन् ।

    आफूले उन्नत बिरुवा नपाएर वर्षौँदेखि घाँसको समस्या भोग्नुपरेको तर आएका बिरुवा पनि जथाभाबी फालिएको किसानको गुनासो छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend