मेची राजमार्ग अन्तर्गत पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभिर खण्ड जोखिमपूर्ण

images
  • 167
    SHARES
  • श्रावण ८, २०७९ आइतबार
    मेची राजमार्ग अन्तर्गत पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभिर खण्ड जोखिमपूर्ण
    images

    पाँचथर 

    मेची राजमार्ग अन्तर्गत पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभिर खण्ड जोखिमपूर्ण बनेको छ ।

    pangre_bhir_igmjq1DoYA.jpg

    पहिरो झरेर सडकभन्दा माथि थुप्रो लागेको छ भने जमिन नै भत्किएको छ । निरन्तर पानी पर्दा लेदोसहित ढुङ्गा–माटो झर्ने गरेकाले सडक जोखिमपूर्ण बनेको गाडी चालकले बताएका छन् ।

    पहिरो झरेर जोखिम हुनसक्ने तथा सडक अवरुद्ध हुन जाने अवस्थालाई ध्यानमा राखेर एउटा एक्स्काभेटर तयारी अवस्थामा राखिएकाे सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।

    मेची राजमार्गको यस खण्डमा विगतमा पहिराेको ठूलो समस्या थिएन । तर राजमार्गकै मर्मतका लागि भन्दै पाङ्ग्रेभिरमा एक्स्काभेटर प्रयोग गरी सडकको भित्ताबाट ढुङ्गा निकालिएको थियो ।

    सडकको भित्तामा रहेका स–साना ढुङ्गा उत्खनन गर्ने भन्दै भित्तामा रहेको पहरो भत्काइएपछि सडक जोखिमपूर्ण बनेको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend