सगरमाथा क्षेत्रमा पंक्षीलाई पासाे थाप्ने एक व्यक्ति पक्राउ

images
  • 123
    SHARES
  • श्रावण ८, २०७९ आइतबार
    सगरमाथा क्षेत्रमा  पंक्षीलाई पासाे थाप्ने एक व्यक्ति पक्राउ
    images

    सोलुखुम्बु 

     सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट सात थान पासोसहित एक व्यक्ति पक्राउ परेका छन् ।

    arrested__6s5kl1zvrd_2g7R3wtpMo.jpg

    पक्राउ पर्नेमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-४ गुदेलका ५८ वर्षीय जितबहादुर राई रहेका निकुञ्ज कार्यालय नाम्चेले जनाएको छ ।

    खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ फोर्चेमा रहेकाे बारीमा पक्षीलाई थापिएको पासोसहित राईलाई पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी विष्णु रोकायले जानकारी दिनुभयो । पक्राउ परेका राईलाई निकुञ्जको सुधार गृहमा राखेर अनुसन्धान सुरु गरिएकाे छ ।

    २०३२ सालमा स्थापना भएको निकुञ्ज १ हजार १ सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । सन् १९७९ देखि निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो । यहाँ कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारलजस्ता वन्यजन्तुका साथै डाँफे, चिलिमे, कालीज, हिम कुखुरा, लालचुच्चे काग (टुङ्गा) र पहेँलो चुच्चे काग (टेमु ) लगायत १ सय ९३ प्रजातिका चरा पाइन्छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend