सर्लाहीमा नक्कली नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

images
  • 124
    SHARES
  • श्रावण ८, २०७९ आइतबार
    सर्लाहीमा नक्कली नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ
    images

    सर्लाही

    सर्लाहीमा नक्कली नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

    arrest_20220724110935.jpg

     

    पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला सीतामढी थाना सोनवर्षा ग्राम परछुहिया वडा- ९ घर बताउने ४० वर्षीय लालमोहन पासवान रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

    शनिबार राति करिब साढे ८ बजेको समयमा हरिवन नगरपालिका ११ हरिवन बजारस्थित कार्की पुस्तक पसलअगाडि पासवानले नेपाली नक्कली नोट चलनमा ल्याउँदै गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ५० हजार नक्कली रुपैयाँसहित पासवानलाई नियन्त्रणमा लिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।

    प्रहरीले पासवानको साथबाट १ हजारको ५० वटा नक्कली नोट बरामद गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend