कोरोना अपडेट : थप ३४७ जनामा संक्रमण, २ जनाको मृत्यु

images
  • 221
    SHARES
  • श्रावण ८, २०७९ आइतबार
    कोरोना अपडेट : थप ३४७ जनामा संक्रमण, २ जनाको मृत्यु
    images

    काठमाडौँ । 

    कोभिड-१९ संक्रमणबाट देशभर आज २ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार दुईजनाको मृत्यु  हुँदा आज ३४७ जना संक्रमित भेटिएका छन्। ३ हजार ८८८ जनामा गरिएको परीक्षणमा ३४७ जनामा संक्रमण पुष्टि भएको हो। आज ९५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। 

    coronavirus-corona-update_20200907143958.jpg

    नेपालमा कोभिड संक्रमितको सक्रिय संख्या ३ हजार नाघेको छ। हालसम्म देशभर ३ हजार १७७ जना सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौंमा  १ हजार ७६३ जना, ललितपुरमा ३१३ जना र भक्तपुरमा ८९ जना रहेका छन्। 

     

    यस्तै हाल देशभर २२ जना संक्रमित आइसियुमा, २ जना भेन्टिलेटरमा, १४२ जना संस्थागत आइसोलेशन र ३ हजार ३५ जना संक्रमित होम आइसोलेशनमा रहेका छन्। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend