पाल्पामा बस दुर्घटना: ६ जनाको मृत्यु

images
  • 113
    SHARES
  • श्रावण ८, २०७९ आइतबार
    पाल्पामा बस दुर्घटना: ६ जनाको मृत्यु
    images

    पाल्पा । 

    पाल्पामा बस दुर्घटनामा हुँदा ६ जनाको मृत्यु भएको छ ।  गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस आइतबार साँझ पाल्पाको लघुवामा सडकबाट तल खसेको हो । 

    accident_20210214155920.png

     

    मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेको पाल्पाका एसपी जनकबहादुर शाहीले जानकारी दिए । १७ जना घाइतेलाई उद्धार गरी तानसेन पठाइएको छ ।

    प्रहरी स्थानीयले उद्धारको काम गरिरहेका छन् । मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने बताइएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend