ललितपुरको बालकुमारी, खरिबोटमा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु

images
  • 121
    SHARES
  • श्रावण ९, २०७९ सोमबार
    ललितपुरको बालकुमारी, खरिबोटमा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु
    images

    काठमाडौं 

    ललितपुरको बालकुमारी, खरिबोटमा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । एक युवती घाइते छिन् ।

    death-lady_20220225145042.jpg

     

    ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर चालक २३ वर्षीया रेखा मगरको उपचारका क्रममा ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । चितवन घर भएकी रेखा ललितपुरकै झम्सीखेलमा बस्दै आएकी थिइन् ।

    घाइते भएकी स्कुटरमा पछाडि सवार ललितपुरकै धोबीघाट बस्ने २३ वर्षीया सकुन्तला घर्तीको सोही अस्पतालमा उपचार भइरहेको छ । आज बिहान करिब सवा ३ बजे ग्वार्कोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा४५प १३४५ नम्बरको स्कुटरलाई नम्बर नखुलेको जीपले ठक्कर दिएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend