प्रेस युनियनको केन्द्रीय अध्यक्षमा शिव लम्साल

images
  • 122
    SHARES
  • श्रावण ९, २०७९ सोमबार
    प्रेस युनियनको केन्द्रीय अध्यक्षमा शिव लम्साल
    images

    बागमती 

    नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदमा शिव लम्साल ७४५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत प्राप्त गर्न सफल भएका छन् । 

    shiva-lamsal_20220725085036.jpg

     

    युनियनको हेटौँडामा आइतबार सम्पन्न नवौँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा १ हजार ६७९ मतदातामध्ये  एक हजार ३९७ मत खसेको थियो । यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा प्रेम केसी, उपाध्यक्षद्वयमा नकुल अर्याल र भीष्मराज ओझा,उपाध्यक्ष महिलामा सलोजा दाहाल र उपाध्यक्ष समावेशीमा दीपेन्द्र वान्तवा विजयी भएका छन् ।  

    युनियनको महासचिवमा दिलीप पौडेल  र कोषाध्यक्ष माधव धिताल निर्वाचित भएकोको निर्वाचन समितिले जनाएको छ ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend