श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाइ पक्राउ गर्न माग

images
  • 116
    SHARES
  • श्रावण ९, २०७९ सोमबार
    श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाइ पक्राउ गर्न माग
    images

    काठमाडाैँ

     एउटा मानवअधिकारवादी समूहले देशबाट भागेर सिंगापुर पुगेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाइ पक्राउ गर्न माग गरेको छ ।

    srilanka1650269583_20220531171006.jpg

     

    दक्षिण एसियाली देश श्रीलंकाको  लामो गृहयुद्धमा उनको भूमिकालाई लिएर पूर्वराष्ट्रपति राजापाक्षेलाई गिरफ्तार गर्न अन्तर्राष्ट्रिय सत्य र न्याय परियोजना (आईटीजेपी)ले माग गरेको हो ।श्रीलंकामा राजापाक्षेको शासन कालमा भएका मानव अधिकार दुरुपयोग र दुर्व्यवहारबारे दस्तावेजसमेत तयार पारेको आईटीजेपीले सिंगापुरका महान्यायाधिवक्ताको कार्यालयमा राजापाक्षेविरुद्ध आपराधिक उजुरी दायर गरेको हो ।

    सन् २००९ मा गृहयुद्धको समयमा राजापाक्षेले देशको रक्षा प्रमुख हुँदा जेनेभा महासन्धिको गम्भीर उल्लंघन गरेको उक्त समूहले आरोप लगाएको छ ।

    गत जुलाई १३ मा देश छोडेर भागेको एक दिनपछि राजापाक्षेले सिंगापुरबाटै राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । त्यसअघि सरकार विरोधी प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय र सरकारी निवासमा प्रवेश गरेका थिए ।

    प्रदर्शनकारी प्रवेश गर्नअघि राजपाक्षे सेनाको सहयोगमा गोप्य स्थानमा लुकेका थिए । लगत्तै उनी माल्दिभ्स पुगेका थिए । माल्दिभ्सबाट उनी सिंगापुर भागेका थिए । सिंगापुरबाटै उनले राजीनामा दिएका थिए ।

    उनको राजीनामापछि श्रीलंकामा नयाँ राष्ट्रपति र प्रधानमन्त्री चयन भइसकेका छन् । राष्ट्रपति विक्रमासिंघेले प्रदर्शनकारीविरुद्ध कठोर नीति अंगीकार गरेको विश्लेषण हुन थालेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend