चीनको जनसंख्या यो वर्ष उल्लेखनीय रूपमा घट्ने प्रक्षेपण

images
  • 129
    SHARES
  • श्रावण ९, २०७९ सोमबार
    चीनको जनसंख्या यो वर्ष उल्लेखनीय रूपमा घट्ने प्रक्षेपण
    images

    काठमाडौं 

    चीनको जनसंख्या यो वर्ष उल्लेखनीय रूपमा घट्ने प्रक्षेपण गरिएको छ ।

    niuna-900x600_20220725111612.jpg

     

    चीन सरकार निकट ग्लोबल टाइम्सले हालै सार्वजनिक गरेको रिपोर्टका अनुसार सन् २०२१ मा चीनका धेरै प्रान्तहरूमा जन्मदर देशकै कम रहेको उल्लेख गरेको हाे । मध्य हुनान प्रान्तमा करिब ६० वर्षमा पहिलो पटक जन्मदर ५ लाख भन्दा तल झरेको उल्लेख गरिएको छ । दक्षिणी क्वाङतोङ प्रान्तमा मात्रै १ मिलियन भन्दा बढी नयाँ जन्म भएको छ ।

    चीनमा जनसंख्या वृद्धिदर घटिरहेकोमा त्यसलाई उल्ट्याउन सरकारले संघर्ष गरिरहेको छ । बढ्दो महँगी र कामको दवावका कारण अधिकांश युवा-युवतीहरू सन्तान जन्माउन अनिच्छुक रहेको गरेको चिनियाँ संचार माध्यमले जनाएका छन् ।

    सरकारले महिलाहरूलाई तीन वटा सन्तान जन्माउने अनुमति दिने कानून बनाएको भएपनि त्यसको प्रभाव भने देखिएको छैन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend