नेपाल राष्ट्र बैंकले १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने

images
  • 82
    SHARES
  • श्रावण ९, २०७९ सोमबार
    नेपाल राष्ट्र बैंकले १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने
    images

    काठमाडौं 

    नेपाल राष्ट्र बैंकले १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिने र ९१ दिने गरी कुल १५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो । 

    rastrabank_20211125115533.jpg

    उक्त बिलको सार्वजनिक बोलकबोलमार्फत सोमबार दिउँसो ३ बजे बाँडफाँड हुने बैंकले जनाएको छ । खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट बाँडफाँड हुने ट्रेजरी बिलको ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाटै र १५ प्रतिशत बिना प्रतिस्पर्धा बाँडफाँड हुने बैंकले जनाएको छ । बैंकका अनुसार २८ दिन बिलका लागि २ अर्ब रुपैयाँ र ९१ दिनका लागि १३ अर्ब ६० करोड रुपैयाँ छुट्याइएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend