भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

images
  • 96
    SHARES
  • श्रावण ९, २०७९ सोमबार
    भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु
    images

    काठमाडौं 

    भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

    accident_20210214155920.png

     

    आज (सोमबार) बिहान भएको दुर्घटनामा २० जना घाइते भएका हुन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि लखनउमा लगिएको भारतीय संचार माध्यमले जनाएका छन् ।

    भारतको बिहारबाट दिल्ली जाँदै गरेको बस एक-आपसमा ठोक्किएर दुर्घटना भएको हो । चालकको लापरबाहीका कारण दुर्घटना भएको आशंकामा अनुसन्धान थालिएको छ ।

    भारतमा अधिकांश पुराना सवारी साधन र मर्मत सम्भार नगरिएकाे र सडक लगायतका कारण भारतमा सवारी दुर्घटना हुने गरेका छन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend