नेपालमा गत आर्थिक वर्ष २०७८/७९ मा तीन खर्बभन्दा बढीको पेट्रोल, डिजेल र एलपी ग्यास भारतबाट भित्रिए

images
  • 89
    SHARES
  • श्रावण ९, २०७९ सोमबार
    नेपालमा गत आर्थिक वर्ष २०७८/७९ मा तीन खर्बभन्दा बढीको पेट्रोल, डिजेल र एलपी ग्यास भारतबाट भित्रिए
    images

    काठमाडौं

    नेपालमा गत आर्थिक वर्ष २०७८/७९ मा तीन खर्बभन्दा बढीको पेट्रोल, डिजेल र एलपी ग्यास भारतबाट भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको पेट्रोल, डिजेल र एलपी ग्यास नेपाल भित्रिएको हो । 

    bhansar-vansar-bibhag-bivag.jpg

     

    उक्त अवधिमा कूल ३ खर्ब ५ अर्ब १७ करोड २५ लाख ३३ हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपी ग्यास भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।विभागका अनुसार गत आर्थिक वर्ष १ खर्ब ६८ अर्ब २३ करोड ३२ लाख ६८ हजार रुपैयाँको डिजेल, ७१ अर्ब ३८ करोड ८२ लाख ८८ हजार रुपैयाँको पेट्रोल र ६५ अर्ब ५५ करोड ९ लाख ७७ हजार रुपैयाँको एलपी ग्यास नेपाल भित्रिएको छ । 

    अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा १ खर्ब ६० अर्ब ५४ करोड ४४ लाख ६० हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपी ग्यास नेपाल भित्रिएको विभागले जनाएको छ । 

    अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष १ खर्ब ४४ अर्ब ६२ करोड ८० लाख ७३ हजार रुपैयाँ बढीको पेट्रोल, डिजेल र एलपी ग्यास नेपाल भित्रिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend