नवलपरासी अदालतले पनि पल शाहलाई पुर्पक्षका लागि पठायो थुनामा

images
  • 179
    SHARES
  • चैत्र २३, २०७८ बुधबार
    नवलपरासी अदालतले पनि पल शाहलाई पुर्पक्षका लागि पठायो थुनामा
    images

    नवलपरारसी । अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत नवलपरासी पूर्वले आदेश दिएको छ।
    बुधबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले पुर्पक्षका लागि तनहुँ कारागारमै पठाउन आदेश दिएको हो। अदालतको आदेशपछि अहिले उनलाई तनहुँ कारागार लैजाने तयारी भइरहेको नवलपरासी पूर्वका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले बताए।
    Pal_shah_MK_20220406220205.png

    शाहलाई थुनछेक बहसका लागि मंगलबार नवलपुर लगिएको थियो। नवलपुर अदालतले बकपत्रका लागि फेरि वैशाख ७ गते झिकाउन पनि आदेश दिएको छ। उनलाई फेरि वैशाख ७ गते नवलपुर अदालतमा उपस्थित गराइने भएको छ।

    बुधबार शाहको तर्फबाट ९ जनाले र पीडित नाबालिग गायिकाको तर्फबाट सरकारी वकिलसहित ५ जनाले बहस गरेका थिए। नाबालिग गायिका बलात्कारको आरोपमा उनलाई यसअघि जिल्ला अदालत तनहुँले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। उनी कारागार कार्यालय तनहुँमा थिए।

    तर तीनै गायिकाले गैँडाकोटमा पनि आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएपछि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा दर्ता भएको थियो। शाहलाई १२ देखि १४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय नवलपुरले चैत ३ गते मुद्दा दायर गरेको थियो। तनहुँ अदालतबाट भएको फैसलाविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन्। उनको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले यससम्बन्धी कैफियत प्रतिवेदन झिकाएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend