रुसको इन्धन व्यापार गर्ने निकाय ग्याजप्रोमले युरोपेली सङ्घ (ईयू) अन्तर्गतका देशमा आपूर्ति हुने ग्यास निर्यात घटाउने

images
  • 122
    SHARES
  • श्रावण १०, २०७९ मंगलबार
    रुसको इन्धन व्यापार गर्ने निकाय ग्याजप्रोमले युरोपेली सङ्घ (ईयू) अन्तर्गतका देशमा आपूर्ति हुने ग्यास निर्यात घटाउने
    images

    रुसको इन्धन व्यापार गर्ने निकाय ग्याजप्रोमले युरोपेली सङ्घ (ईयू) अन्तर्गतका देशमा आपूर्ति हुने ग्यास निर्यात घटाउने जनाएको छ ।

    WireAP_1bb75fb5994443ce920cf6329f768345_16x9_992_gznVkKKoRe.jpg

    मुख्य पाइपलाइन मर्मतको कामका कारण आपूर्ति कटौती गर्न लागिएको ग्याजप्रोमले जनाएको छ ।

    ग्याजप्रोमले नर्ड स्ट्रीम–१ पाइप लाइनको अर्को टर्बाइन बन्द गरिने र यसले ग्यासको उत्पादनमा २० प्रतिशत कटौती हुने उल्लेख गरेको छ । अहिले ईयूमा भइरहेको ग्यास आपूर्ति आधा कम हुन सक्ने अनुमान छ । जर्मन सरकारले भने ग्यास आपूर्ति कटौती गर्नु पर्ने कुनै प्राविधिक कारण नरहेको बताएको छ ।

    यो निर्णयले युरोपेली सङ्घका देशमा जाडो महिनाअघि ग्यास जोहो गर्न थप कठिन बनाउने देखिएको बीबीसीले जनाएको छ । नर्ड स्ट्रिम–१ पाइपलाइनले रुसबाट जर्मनीसम्म ग्यास पुर्याउँछ । यही महिनाको सुरुमा मर्मतका लागि यो पाइपलाइन १० दिन पूरै बन्द गरिएको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend