विराटनगर
१९ वर्षीया एक छात्रालाई बलात्कार गरेको आरोपमा विराटनगरका कराँते प्रशिक्षक र उनका साथी पक्राउ परेका छन् ।

छात्राको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेका कराँते प्रशिक्षकलाई जिल्ला अदालत मोरङको आदेशमा थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख शान्तिराज कोइरालाका अनुसार पक्राउ पर्नेमा कराँते प्रशिक्षक विनोद राउत र उनका साथी सुरज सुवेदी छन् । सुवेदी पनि कराँते प्रशिक्षक भएको बताइएको छ ।
विराटनगर महानगरपालिका–३ निवासी ५० वर्षीय राउत र सुवेदीले नर्सिङ पढ्दै गरेकी एक छात्रालाई होटेलमा लगेर पटक–पटक बलात्कार गरेको जाहेरी आएकोले दुवैलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । दुवैजनालाई हाल थुनामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।
सुवेदीको साथ लिएर राउतले छात्रालाई होटेलमा लगेर बलात्कार गर्ने गरेको र त्यसको भिडियो समेत बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रमुख कोइरालाले बताए ।



