राष्ट्रपतिद्वारा तीन देशका लागि आवासीय राजदूत नियुक्त

images
  • 102
    SHARES
  • श्रावण १०, २०७९ मंगलबार
    राष्ट्रपतिद्वारा तीन देशका लागि आवासीय राजदूत नियुक्त
    images

    काठमाडौं

     राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि आवासीय राजदूत नियुक्त गरेकी छन्। राष्ट्रपति कार्यालयका अनुसार स्पेन, रुसी महासंघ र डेनमार्कका लागि भण्डारीले राजदूत नियुक्त गरेकी हुन्। स्पेनका लागि शर्मिला पराजुली ढकाल, रुसी महासंघका लागि मिलनराज तुलाधर र डेनमार्कका लागि प्रा डा रामस्वार्थ रायलाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

    vcsdf.jpg

     

    मन्त्रिपरिषद्ले राजदूतमा सिफारिस गरेपछि उनीहरुको नाम संसदीय सुनुवाइ समितिबाट नियुक्तिका लागि अनुमोदन भएको थियो। समितिको अनुमोदनपछि राष्ट्रपति भण्डारीले नियुक्त गरेकी हुन्। त्यस्तै भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा भुटानका लागि गैरआवासीय राजदूतमा नियुक्त भएका छन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend