६ थान नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ

images
  • 105
    SHARES
  • श्रावण १०, २०७९ मंगलबार
    ६ थान नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ
    images

    काठमाडौं

     वीरगन्ज महानगरपालिका–११ श्रीपुरटोलस्थित सडकबाट एक हजार दरको ६ थान नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    pakrau_20210128114110.jpg

     

    पक्राउ पर्नेमा रौतहट परोहा नगरपालिका–३ बस्ने ३२ वर्षीय बिटु दुवेदी रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरीले दुवेदीलाई जाँच गर्दा उनको साथमा नक्कली नोट भेटिएपछि पक्राउ गरेको हो । 

    उनी उपर मुद्रा सम्बन्धी (खोटा चलन) कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend