शिक्षा मन्त्री देवेन्द्र पौडेलले प्राध्यापक संघका पदाधिकारीसँग छलफल

images
  • 118
    SHARES
  • श्रावण १०, २०७९ मंगलबार
    शिक्षा मन्त्री देवेन्द्र पौडेलले प्राध्यापक संघका पदाधिकारीसँग छलफल
    images

    काठमाडौं

     शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राध्यापक संघका पदाधिकारीसँग छलफल गर्न भएको छ ।

    yyyhgaz.jpg

     

    विश्वविद्यालयमा हुने तालाबन्दी, खुल्ला विश्वविद्यालयको डिन नियुक्तिमा भएको ढिलाइबारे शिक्षामन्त्री पौडेलले प्राध्यापक संघका पदाधिकारीबीच छलफल गरेका हुन्।मंगलबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालय सुधारका लागि प्राध्यापकहरुको भूमिका महत्त्वपूर्ण रहेको भन्दै विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरे। ‘ प्राध्यापकहरु विश्वविद्यालयका परिवार हुनुहुन्छ,’ मन्त्री पौडेलले भने, ‘समस्याहरू आइपर्छन्, समस्या आइहाले भन्दैमा तालाबन्दी गरेर बस्नु राम्रो होइन छलफल र बहसबाट टुङ्ग्याऊँ ।’

     

    खुल्ला विश्वविद्यालयको डिन नियुक्तिमा ढिलाइ भएको प्राध्यापक संघका पदाधिकारीहरुसँग सुझाव मागे। ‘आस्थाका आधारमा भन्दा योग्य व्यक्ति नियुक्ति गर्नुपर्छ भन्नेमा छु,’ मन्त्री पौडेलले भने, ऐनले सहमति अथवा खुल्ला प्रतिस्पर्धाबाट भनेको छ, सहयोग गर्नुहोस् ।’

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend