सम्पत्ति शुद्धीकरणबारे अविलम्ब सदनलाई जानकारी गराउन सरकारसमक्ष गगन थापाकाे माग

images
  • 105
    SHARES
  • श्रावण १०, २०७९ मंगलबार
    सम्पत्ति शुद्धीकरणबारे अविलम्ब सदनलाई जानकारी गराउन सरकारसमक्ष गगन थापाकाे माग
    images

    काठमाडौं

     नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण (मनिलन्ड्रिङ) बारे अविलम्ब सदनलाई जानकारी गराउन सरकारसमक्ष माग गरेका छन्।

    vvvvvv.jpg

     

    प्रतिनिधिसभाको आजको बैठककाे शून्य समयमा बोल्दै सांसद थापाले सम्पत्ति शुद्धीकरणसम्बन्धी पर्याप्त कानुन बनिनसकेको र भएको पनि प्रभावकारी रूपमा कार्यान्वयन नभएको अवस्थामा मुलुकमा व्यापक कर छली र भ्रष्ट्राचार बढिरहेको सन्दर्भमा समष्टिगत मूल्यप्रणाली कमजोर रहेको विज्ञहरूले औँल्याइरहेको भन्दै वास्तविकता सार्वजनिक गर्न आग्रह गरे।

    फाइनान्सियल एक्सन टाक्सफोर्ससँग सम्बन्धित एसिया प्यासिफिक ग्रुप अन मनिलन्ड्रिङको नेपाल सदस्य हो। इपिजीको परस्पर मूल्यांकन आगामी अक्टोबर नोभेम्बरमा हुने सुनिएको र यस्तो मूल्यांकन मूलतः हाम्रो कानुनी व्यवस्था र कार्यान्वयन र यसको प्रभावकारिताका आधारमा गरिने भएकाले नेपाललाई कालोसूचीमा पर्न नदिन बेलैमा तयारी गरिनुपर्ने सांसद थापाको भनाइ छ।

     

    सांसद थापाले कालोसूचीमा परे विप्रेषण र आयातमा निर्भर नेपालजस्तो मुलुकको अन्तर्राष्ट्रिय बैंकिङ कारोबार बन्द हुने एलसी खोल्न नपाउने अवस्था आउन नदिने गरी तयारी गर्न आग्रह गरे।

    उनले भने, ‘मूल्यांकनका ४० सूचकांकमा नेपालको अवस्था के छ? विज्ञहरूले आशंका गरेकोजस्तो कालोसूचीमा पर्न नदिन सरकारले के कस्तो तयारी गरिरहेको छ? त्यो सदनलाई जानकारी गराउन माग गर्दछु।’

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend