अब बस्ने मन्त्रिपरिषद् बैठकले मङ्सिर ४ गतेलाई चुनावकाे मिति ताेक्न सक्छ : प्रमुख निर्वाचन आयुक्त

images
  • 236
    SHARES
  • श्रावण १०, २०७९ मंगलबार
    अब बस्ने मन्त्रिपरिषद् बैठकले मङ्सिर ४ गतेलाई चुनावकाे मिति ताेक्न सक्छ : प्रमुख निर्वाचन आयुक्त
    images

    काठमाण्डाै 

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावका लागि आउँदो मन्त्रिपरिषद् बैठकले मिति तोक्न सक्ने बताउनुभएको छ ।  

    jjjjjjjjj.jpg

    आज मङ्गलवार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा थपलियाले आउँदो मन्त्रिपरिषद्को बैठकबाट मङ्सिर ४ गते चुनाव हुने गरी मिति तोकियो भने आश्चर्य नमान्न आग्रह गर्नुभएको छ । ‘आयोगले सम्पूर्ण व्यहोरासहित एकै चरणमा प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनाव मङ्सिर ४ गते गर्न मिति सिफारिस गरिसकेको छ । अब मन्त्रिपरिषद्ले मिति तोक्न मात्र बाँकी छ’, उहाँले भन्नुभयाे । चुनावको तयारीका सबै काम सुरु भइसकेको उहाँकाे भनाइ छ ।   

    प्रमुख निर्वाचन आयुक्त थपलियाले संघ र प्रदेशको चुनाव पालिकाको चुनाव भन्दा कम खर्चिलो हुन सक्ने बताउनुभएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend