२२४ जना जिल्ला न्यायाधीशको सरुवा

images
  • 232
    SHARES
  • श्रावण १०, २०७९ मंगलबार
    २२४ जना जिल्ला न्यायाधीशको सरुवा
    images

    काठमाडौं

    न्याय परिषद्ले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ । परिषद्को मंगलवार बसेको बैठकले २२४ न्यायाधीशको सरुवा गरेको हो ।

    kjhgep.jpg

     

    परिषदको बैठकले जिल्ला अदालतका २१ जना न्यायाधीशका लागि ६३ जनाको सूची पनि सार्वजनिक गरेको छ । अब सर्वसाधारणले उनीहरूका विषयमा कुनै गुनासो वा उजुरी दिन पाउनेछन् ।

     

    न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्डमा न्यायाधीशका लागि सूचि सार्वजनिक गर्नुपर्ने र उजुरी वा गुनासो भए लिनुपर्ने व्यवस्था छ ।त्यसैगरी उच्च अदालतमा रिक्त २७ जना न्यायाधीश नियुक्तिका लागि सूचना प्रकाशित गर्ने निर्णय गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend